काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज दोहोरो अंकले बढेको छ।
दिनभर उतारचढाव रहेको नेप्से अन्तत: २४.५७ अंकले बढेको हो ।
सोमबार २६.२९ अंकले घटेको नेप्से आज ०.९३ प्रतिशतले बढ्दै नेप्से २६५१.६८ विन्दुमा रोकिएको हो।
नेप्सेको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
नेप्सेमा आज ३५२ कम्पनीका ७२ हजार २२ पटकको कारोबारमा ९५ लाख १९ हजार ४५२ कित्ता सेयर किनबेच भए। जसअनुसार चार अर्ब ४० करोड सात लाख ५२ हजार ५४२ रुपैयाँको कारोबार भयो। सोमबार भने तीन अर्ब ५५ करोड ७९ लाख ८१ हजार ४९८ रुपैयाँको कारोबार भएको थियो।
आज २१० कम्पनीका सेयरमूल्य बढे। ५७ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १० कम्पनीका सेयरमूल्य स्थिर रहे। १३ समूहको कारोबार भएकामा सबै समूहका सूचकमा हरियाली छाए।
जसअनुसार वाणिज्य बैंक १.५२‚ विकास बैंक १.१३‚ फाइनान्स ०.५७‚ होटेल तथा पर्यटन ०.५४‚ जलविद्युत् ०.९९‚ लगानी ०.३८ र जीवन बिमा समूहको सूचक ०.६९ प्रतिशतले उकालो लागे। यसैगरी उत्पादन तथा प्रशोधन ०.४०‚ लघुवित्त ०.२५‚ म्युचुअल फन्ड ०.३०‚ निर्जीवन बिमा ०.७२‚ अन्य ०.७७ र व्यापार समूहको उपसूचक १.८९ प्रतिशतले बढ्यो।
नेप्सेमा कालांगा हाइड्रो लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतले आम्दानी गरे। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १३.७८ प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा आज केबीएल डिबेन्चर अग्रस्थानमा रह्यो। मंगलबार यसको २० करोड ७५ लाख ८७ हजार १२५ रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज ग्लोबल आईएमई बैंक लिमिटेड अगाडि रह्यो। मंगलबार यसको ६ लाख ८९ हजार १०८ कित्ता सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य प्रतिकित्ता २४८ रुपैयाँ कायम रह्यो।