Jul 07 2026 | २०८३, आषाढ २३ गते

07 Jul 2026 | मंगलवार, आषाढ २३ गते २०८३

मंगलवार, आषाढ २३ गते २०८३
images
images

दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित

दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित

मंगलवार , आषाढ २३, २०८३

काठमाडौं । संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ ।

प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि मंगलबार पारित भएको हो ।

राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा।स्वर्णीम वाग्लेले निर्णयार्थ पेश गरेका थिए । उक्त प्रस्तावलाई सदनले बहुमतले स्वीकृत गरेको थियो। 

यससँगै संघीय संसद्का दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ।

यसअघि प्रतिनिधिसभा बैठकबाट पनि विनियोजन विधेयक पारित भइसकेको छ ।

बैठकमा अर्थमन्त्री डा. वाग्लेले आर्थिक विधेयक, २०८३ पनि सभामा प्रस्तुत गरेका छन्।

संघीय संसद्बाट बजेट पारित भएसँगै आगामी आर्थिक वर्षका लागि विनियोजित कार्यक्रम तथा बजेट कार्यान्वयनको संवैधानिक प्रक्रिया अघि बढ्ने भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077