काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले सातजना अभियुक्तलाई सफाइ दिएको छ ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार फैसला सुनाउँदै उनीहरूविरुद्ध लगाइएका आरोप पुष्टि हुन नसकेको निष्कर्षसहित सफाइ दिएको हो।
सफाइ पाउनेहरूमा रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन्।
सफाइ पाउनेमध्ये सन्दीप पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी का छोरा हुन् भने प्रतीक रामबहादुर थापाका छोरा हुन्।
यद्यपि, सन्दीपले सफाइ पाए पनि उनका पिता टोपबहादुर रायमाझीलाई भने अदालतले राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको छ। उनीसहित अन्य दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारण भने कानुनी प्रक्रियाअनुसार छुट्टै सुनुवाइबाट हुने अदालतले जनाएको छ।