Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली भुटानी शरणार्थी काण्ड: ‘बादल’माथि अनुसन्धान तीव्र, पक्राउसम्मको तयारी

नक्कली भुटानी शरणार्थी काण्ड: ‘बादल’माथि अनुसन्धान तीव्र, पक्राउसम्मको तयारी

शनिवार , चैत्र १४, २०८२

काठमाडौं। जेनजी आन्दोलनमा कथित हिंसात्मक दमनको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि, अर्को ठूलो राजनीतिक तरंग सिर्जना हुने संकेत देखिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ माथि अनुसन्धान तीव्र पारिएको छ। उच्च स्रोतका अनुसार उनलाई पक्राउ गर्ने सम्भावनासहित गृह मन्त्रालयभित्र गम्भीर छलफल सुरु भएको छ।

गृहमन्त्री सुधन गुरुङ शनिबार बिदाको दिनसमेत मन्त्रालयमै बसेर यस प्रकरणसँग सम्बन्धित महत्त्वपूर्ण फाइलहरू मगाएर अध्ययनमा जुटेकाछन्।

स्रोतका अनुसार, बादल गृहमन्त्री रहेका बेला सक्रिय भएको भनिएको गिरोहले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने नाममा लाखौँ रुपैयाँ ठगी गरेको देखिएको छ।

यो प्रकरण अहिले **जिल्ला अदालत काठमाडौं**मा अन्तिम सुनुवाइको चरणमा पुगे पनि अझै निष्कर्षमा पुगेको छैन।

मुद्दा ठगी, किर्ते, संगठित अपराध र राज्यविरुद्धको अपराध अन्तर्गत चलिरहेको छ।

यस काण्डमा संलग्नताको आरोपमा एमालेका तत्कालीन सचिव टोपबहादुर रायमाझी तीन वर्षदेखि डिल्लीबजार कारागारमा छन् ।

त्यसैगरी बालकृष्ण खाँण (पूर्वगृहमन्त्री), टेकनारायण पाण्डे (पूर्वगृहसचिव), इन्द्रजित राई (सुरक्षा सल्लाहकार), प्रतीक थापा(बादलका छोरा) सहित दर्जनौँ व्यक्ति पुर्पक्षका लागि थुनामा छन् ।

यो प्रकरणमा ३१ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो, जसमा राजनीतिक, प्रशासनिक र बिचौलिया नेटवर्कसम्म फैलिएको ठूलो गिरोह देखिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077