Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images
भुटानी शरणार्थी प्रकरण

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई दुई वर्ष कैद, २० हजार रुपैयाँ जरिवाना

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई दुई वर्ष कैद, २० हजार रुपैयाँ जरिवाना

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंले दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको छ ।

मंगलबार सजाय निर्धारण गर्दै जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासले खाणलाई विभिन्न कसुरमा छुट्टाछुट्टै सजाय तोके पनि एकीकृत सजायका आधारमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो ।

अदालतले खाँणलाई ठगी कसुरमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा एक वर्ष छ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना, तथा राज्यविरुद्धको कसुरमा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

साथै थप तीन महिनाको कैद सजाय पनि निर्धारण गरिएको छ। तर एकीकृत सजायको सिद्धान्तअनुसार उनले दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना मात्रै भोग्नुपर्नेछ ।

यसअघि असार २४ गते सोही इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जनालाई दोषी ठहर गर्दै ७ जनालाई सफाइ दिएको थियो। मंगलबार दोषी ठहर भएकाहरूको सजाय निर्धारण गरिएको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077