Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

बलात्कार मुद्दामा पूर्वमधेश प्रदेश प्रमुख राजेश अहिराज दोषी ठहर

बलात्कार मुद्दामा पूर्वमधेश प्रदेश प्रमुख राजेश अहिराज दोषी ठहर

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका छन् । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अहिराजलाई बलात्कार कसुरमा दोषी ठहर गरेको हो । यद्यपि, सजाय भने अझै निर्धारण गरिएको छैन । अदालतले साउन ३२ गते सजाय निर्धारणका लागि अर्को पेसी तोकेको छ।

अहिराज पूर्वपत्रकार तथा मधेशवादी राजनीतिज्ञ हुन् । उनलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ फागुन ७ गते मधेश प्रदेश (तत्कालीन प्रदेश–२) का प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।

उनीविरुद्ध एक महिलाले २०८१ जेठ ४ गते काठमाडौंको नयाँबानेश्वरस्थित आफ्नै डेरामा बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् ।  उनी डिल्लीबजार कारागारमा थुनामा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077