काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आरोपमा व्यवसायी शशी शर्मा पौडेललाई पक्राउ गरेको छ।सिआइबीले उनलाई मंगलबार पक्राउ गरेको हो।
उनी एमाले उपाध्यक्ष विष्णु पौडेलनिकट हुन्। नेता पौडेलले रुपन्देहीमा करोडौंको जग्गा शशीको नाममा राखेको सूचनाका आधारमा हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ।
जुन अनुसन्धानमा पौडेल ८ असारदेखि थुनामा छन्।
रिसोर्ट बनाउन भनेर प्रभु बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको विषयमा व्यवसायी पौडेललाई पक्राउ गरिएको सिआइबीका अधिकारीले जनाएका छन् ।
