Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

मंगलवार , आषाढ ९, २०८३

काठमाडौं । विशेष अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि अदालतले उक्त अनुमति दिएको हो।

विशेष अदालतका सदस्य न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पक्राउ परेकै दिन सोमबारदेखि लागू हुने गरी पौडेललाई सात दिन थुनामा राख्न अनुमति दिएको हो।

पौडेललाई विभागमा हाजिरी गराएपछि सरकारी कार्यालय हुँदै विशेष अदालतमा म्याद थपका लागि पठाइएको थियो। 

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्षसमेत रहेका पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077