Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

एमाले उपाध्यक्ष पौडेललाई सुर्खेतबाट रात्रिबसमा काठमाडौं ल्याइँदै

एमाले उपाध्यक्ष पौडेललाई सुर्खेतबाट रात्रिबसमा काठमाडौं ल्याइँदै

सोमवार , आषाढ ८, २०८३

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि सोमबार पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई रात्रिबसमार्फत काठमाडौं ल्याइने भएको छ।

सम्पत्ति शुद्धीकरण विभाग र नेपाल प्रहरीको संयुक्त टोलीले सुर्खेतस्थित शुभ होटलबाट पक्राउ गरेका पौडेललाई हाल जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ।

गृहमन्त्री सुधन गुरुङको सचिवालयका अनुसार अनुसन्धानको थप प्रक्रिया अघि बढाउन पौडेललाई सोमबार राति नै रात्रिबसमा काठमाडौं पठाउने तयारी गरिएको छ।

पौडेल आइतबार एमालेको चुनावी समीक्षा तथा पार्टी पुनर्गठन अभियानअन्तर्गत आयोजित प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका थिए। सोही क्रममा सोमबार उनलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले पनि पौडेललाई सोमबार राति नै काठमाडौं पठाउने तयारी भइरहेको पुष्टि गरेको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेका पौडेलमाथि अब काठमाडौंमा थप अनुसन्धान हुने जनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077