Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

विष्णु पौडेल पक्राउप्रति महेश बस्नेतको प्रतिक्रिया - प्रतिशोधका आधारमा गिरफ्तारी स्वीकार्य छैन

विष्णु पौडेल पक्राउप्रति महेश बस्नेतको प्रतिक्रिया - प्रतिशोधका आधारमा गिरफ्तारी स्वीकार्य छैन

सोमवार , आषाढ ८, २०८३

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति गम्भीर असन्तुष्टि जनाउँदै फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोधको भावनाले प्रेरित भएर गिरफ्तारी गर्नु लोकतान्त्रिक मूल्य र विधिको शासनविपरीत हुने बताएका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै बस्नेतले कानुनी राज्यमा कुनै पनि व्यक्तिमाथि कारबाही अघि बढाउनुअघि तथ्य र प्रमाणको निष्पक्ष परीक्षण हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

“एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका भन्ने खबर सुन्नमा आएको छ। कानुनी राज्यमा पहिले तथ्य र प्रमाणको निष्पक्ष परीक्षण हुनुपर्छ, त्यसपछि मात्र कानुनी कारबाहीको प्रक्रिया अघि बढ्नुपर्छ,” उनले लेखेका छन्।

बस्नेतले यो घटनालाई केवल एक नेताको गिरफ्तारीका रूपमा मात्र नहेरी लोकतान्त्रिक अधिकार, राजनीतिक स्वतन्त्रता र विधिको शासनसँग जोडिएको विषयका रूपमा बुझ्नुपर्ने बताएका छन्।

उनले राजनीतिक प्रतिशोधको प्रवृत्तिप्रति सचेत रहन आग्रह गर्दै लेखेका छन्, “कुखुरा मर्‍यो भन्दा पनि स्याल पल्कियो भन्ने चेतका साथ यस्ता प्रवृत्तिको प्रतिवाद गर्नुपर्छ, किनकि आज एक व्यक्तिमाथि भएको अन्याय भोलि समग्र राजनीतिक प्रणालीमाथिको आक्रमण बन्न सक्छ।”

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077