Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

रास्वपा सहमहामन्त्रीमा अशोक चौधरीको दाबेदारी

रास्वपा सहमहामन्त्रीमा अशोक चौधरीको दाबेदारी

सोमवार , आषाढ ८, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता अशोककुमार चौधरीले सहमहामन्त्री पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

रास्वपाका संस्थापक केन्द्रीय सदस्यसमेत रहेका चौधरीले प्रथम महाधिवेशनमार्फत खुल्ला थारू केन्द्रीय सदस्य हुँदै समावेशी तर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारीसहित प्रतिनिधिहरूसँग मत मागिरहेका छन्।

सहमहामन्त्रीमा आफ्नो दाबेदारी पार्टीको संस्थागत सुदृढीकरण, कार्यकर्ता सम्मान र संगठनात्मक एकताको अभियानका रूपमा रहेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘तल्लो तहका साथीहरूको भावना र आवाज केन्द्रीय नेतृत्वसम्म पु‍र्‍याउन मेरो उम्मेदवारी केन्द्रित छ ।’

चौधरी अघिल्लो प्रतिनिधिसभामा समानुपातिक तर्फबाट सांसद थिए । गत चुनावमा सुनसरी ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । हाल प्रतिनिधिसभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समिति सभापति छन् ।

चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनले नयाँ कार्यसमिति चयनसमेत गर्दैछ। 

पहिलो महाधिवेशन अन्तर्गत बन्दसत्रबाट प्रतिवेदनहरू पास भएपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077