Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

चितवनमा रवि–बालेन एउटै रिसोर्टमा, महाधिवेशन अवधिभर लटौलीमै बस्ने

चितवनमा रवि–बालेन एउटै रिसोर्टमा, महाधिवेशन अवधिभर लटौलीमै बस्ने

आइतवार , आषाढ ७, २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन सत्र सम्पन्न भएपछि पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह चितवनको लटौली सेञ्चुरी रिसोर्टमा बसेका छन् ।

सुरक्षा स्रोतका अनुसार परिवारसहित चितवन आएका लामिछाने र शाह महाधिवेशन अवधिभर सोही रिसोर्टमा बस्नेछन्। उद्घाटन सत्र सकिएलगत्तै शनिबार साँझ ७स्२० बजे उनीहरू प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनसँगै रिसोर्ट पुगेका थिए।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै रिसोर्टका सबै कोठा चार दिनका लागि बुक गरिएको चर्चा भए पनि सुरक्षा स्रोतले त्यसको औपचारिक पुष्टि गरेको छैन।

यद्यपि, रास्वपाका शीर्ष नेतृत्व र सरकारका उच्च पदस्थ व्यक्तिहरूको बसाइ हुने भएकाले रिसोर्टमा अन्य पाहुना नराखिएको स्रोतको भनाइ छ।

केही महिनाअघि मात्रै चितवनको कालिका नगरपालिका–९, शक्तिखोरमा सञ्चालनमा आएको लटौली सेञ्चुरी रिसोर्ट जिल्लाकै महँगा रिसोर्टमध्ये एक मानिन्छ। रिसोर्टको वेबसाइटअनुसार परिवार बस्न मिल्ने एउटा कोठाको न्यूनतम शुल्क प्रतिदिन १५५ अमेरिकी डलर रहेको छ।

रिसोर्टमा रवि लामिछाने, प्रधानमन्त्री बालेन शाह तथा मुख्य सल्लाहकार कुमार बेनका लागि विशेष भिआइपी कोठाको व्यवस्था गरिएको बुझिएको छ। रिसोर्टमा कुल १९ वटा कोठा रहेका छन्।

यता, अर्थमन्त्री स्वर्णिम वाग्ले भने सौराहास्थित वनबास रिसोर्टमा बसेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077