काठमाडौं । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह ‘बालेन’ ले आफूहरुले देखाएको सपनामा शंका नगर्न आग्रह गरेका छन् ।
चितवनको भरतपुरमा आजदेखि सुरु भएके प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै रास्वपाका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।
त्यसअघि बोलेका कतिपय नेताहरुले सरकारलाई आफ्नो गतिबारे स्मरण गरेर मात्रै अघि बढ्न आग्रह गरेका थिए ।
त्यसबारे उत्तर दिँदै बालेनले आफूहरु एक्सप्रेस हाइवेमा हिँडेको भन्दै चिन्ता नगर्न आग्रह गरे ।
‘कतिपय अतिथिहरुले हामीलाई एक्सिलेटर मात्रै दबाउने होइन ब्रेक पनि लगाउने गर्नुपर्छ भन्नुभयो । तर म के भन्न चाहन्छु भने, हामी एक्सप्रेस वेमा हिँडेको गाडी हौँ, हामी गन्तव्यमा नपुगी रोकिँदैनौँ,’ बालेनले भने ।
यसैगरी प्रधानमन्त्री शाहले यही कार्यकालमा सुकुमवासी समस्या समाधान गर्ने बताएका छन् ।