चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत उद्घाटन सत्रमा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह चितवन पुगेका छन् ।
रास्वपाका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाह केहीबेर अघि मात्रै छोरीसहित चितवन ओर्लिएका हुन् । साथमा पत्नी सविना काफ्ले पनिछोरी पनि छिन्।
रास्वपा महाधिवेशन भरतपुरमा आजदेखि सुरु हुँदै छ । महाधिवेशन यही असार ९ गतेसम्म चल्नेछ ।

रास्वपा महाधिवेशनको उद्घाटन समारोह चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा आयोजना गरिएको छ।
भरतपुरमा आयोजित रास्वपाको प्रथम महाधिवेशन सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनले दिउँसो २ बजे संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ।