Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

रास्वपाको उदयप्रति योगेश भट्टराईको प्रशंसा, भने - विचार र संगठनमार्फत स्थायित्व आवश्यक

रास्वपाको उदयप्रति योगेश भट्टराईको प्रशंसा, भने - विचार र संगठनमार्फत स्थायित्व आवश्यक

आइतवार , आषाढ ७, २०८३

चितवन । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छोटो समयमा हासिल गरेको चुनावी सफलता प्रशंसनीय र अनुकरणीय रहेको बताएका छन् ।

चितवनमा सुरु हुन लागेको रास्वपाको प्रथम महाधिवेशनको अवसरमा शुभकामना दिँदै उनले पार्टीलाई विचार, संगठन, नीति र नेतृत्वमार्फत सुदृढ तथा स्थिर बनाउने जिम्मेवारी अहिलेको महाधिवेशनसामु रहेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “स्थापनाको छोटो समयमै रास्वपाले प्राप्त गरेको चुनावी सफलता प्रशंसनीय र अनुकरणीय छ। जोश र उत्साहको जगमा, निराशा र विकल्पको खोजीमा रहेको जनमतलाई आकर्षित गरेर फैलिएको यस पार्टीलाई विचार, संगठन, नीति र नेतृत्वमार्फत सुदृढ एवं स्थिर बनाउने मुख्य कार्यभार यो महाधिवेशनसामु रहेको छ।”

भट्टराईले लोकतन्त्र, संविधान, विधिको शासन, मानवअधिकार, प्रेस स्वतन्त्रता तथा बहुलवादी समाज नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि भएको उल्लेख गर्दै यी मूल्यहरूको संरक्षण र सुदृढीकरण सबै राजनीतिक दलहरूको साझा जिम्मेवारी भएको बताएका छन्।

उनले संसद्को ठूलो दल तथा सरकार सञ्चालनको नेतृत्व गरिरहेको शक्तिबाट पनि यी लोकतान्त्रिक मूल्यप्रति उच्च सम्मान र प्रतिबद्धता अपेक्षित रहेको धारणा व्यक्त गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077