Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

यस्तो छ रास्वपाको निर्वाचन कार्यतालिका

यस्तो छ रास्वपाको निर्वाचन कार्यतालिका

शनिवार , आषाढ ६, २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाअनुसार प्रतिनिधि नामावली प्रकाशनदेखि मतदानसम्मको सम्पूर्ण प्रक्रिया चरणबद्ध रूपमा अघि बढाइनेछ ।

कार्यतालिका अनुसार महाधिवेशन प्रतिनिधिहरूको नामावली शनिबार राति ८स्३० बजे सार्वजनिक गरिनेछ । उक्त नामावलीमा दाबी–विरोधका लागि भोलि बिहानसम्मको समय निर्धारण गरिएको छ ।

उम्मेदवारी मनोनयन प्रक्रिया सोमबार दिउँसो सञ्चालन हुनेछ । त्यसका लागि भोलि दिउँसो १ बजेदेखि फारम वितरण सुरु हुने जनाइएको छ भने मनोनयन पत्र दर्ता दिउँसो २ बजेदेखि ४ बजेसम्म मात्र खुला रहनेछ ।

उम्मेदवारविरुद्ध दाबी–विरोध गर्ने समय साँझ ६ बजेदेखि ७ बजेसम्म तोकिएको छ । उम्मेदवारी फिर्ता लिन चाहनेहरूले राति सवा ८ बजेसम्मको समय पाउनेछन् । त्यसपछि राति ११ बजे अन्तिम उम्मेदवार नामावली प्रकाशित गरिने निर्वाचन आयोगले जनाएको छ ।

पहिलो चरणको मतदान मंगलबार बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । यो चरणमा पार्टी सभापति र केन्द्रीय सदस्य पदका लागि मतदान हुनेछ । मतदान सम्पन्न भएको दुई घण्टाभित्र मतगणना सुरु गरी परिणाम सार्वजनिक गरिने कार्यतालिका रहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077