Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रास्वपा महाधिवेशनअघि लामिछानेको आह्वान - स्वच्छ प्रतिस्पर्धाबाट पार्टीलाई नयाँ उचाइमा लैजाऔँ

रास्वपा महाधिवेशनअघि लामिछानेको आह्वान - स्वच्छ प्रतिस्पर्धाबाट पार्टीलाई नयाँ उचाइमा लैजाऔँ

शनिवार , आषाढ ६, २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशनको पूर्वसन्ध्यामा स्वच्छ प्रतिस्पर्धामार्फत पार्टीलाई अझ सुदृढ र संस्थागत रूपमा अघि बढाउन आग्रह गरेका छन् ।

चितवनमा शनिबार बसेको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै उनले प्रतिस्पर्धाको परिणाम जे भए पनि सबै नेता–कार्यकर्ताले जिम्मेवार नागरिकको भूमिकामा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

सभापति लामिछानेले आफ्नो नेतृत्वलाई विश्वास गरेर साथ दिएकोमा सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि पार्टीलाई अझ समृद्ध बनाउने साझा जिम्मेवारी रहेको उल्लेख गरे ।

उनले आफ्नो राजनीतिक यात्रामा आएका उतारचढाव र अनुभवबारे विस्तृत व्याख्या आवश्यक नभएको बताउँदै पछिल्लो चार वर्षको कार्यकालमा भएका काम नै आफ्नो परिचय भएको धारणा राखे ।

लामिछानेले पार्टी पारदर्शिता र सार्वजनिक परीक्षणमा निरन्तर खुला रहेको दाबी गर्दै रास्वपा अहिले जिम्मेवारीको अझ महत्वपूर्ण चरणमा प्रवेश गरेको बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077