Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रास्वपाको पहिलो महाधिवेशन : सभापति बन्न ५१ समर्थक अनिवार्य, शुल्क ५१ हजार !

रास्वपाको पहिलो महाधिवेशन : सभापति बन्न ५१ समर्थक अनिवार्य, शुल्क ५१ हजार !

शनिवार , आषाढ ६, २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रिया तथा मापदण्ड औपचारिक रूपमा तय गरेको छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले शनिबार सार्वजनिक गरेको सूचनाअनुसार सभापतिदेखि केन्द्रीय सदस्यसम्मका पदमा प्रतिस्पर्धा गर्न कडा प्रावधान लागू गरिएको छ ।

आयोगका अनुसार पार्टीको सर्वोच्च पद ‘सभापति’ का आकांक्षीले ५१ जना समर्थक अनिवार्य रूपमा जुटाउनुपर्नेछ भने उम्मेदवारी दर्ता शुल्क ५१ हजार रुपैयाँ तोकिएको छ । सभापति पदका लागि एक जना प्रस्तावक र ५१ जना समर्थक आवश्यक पर्ने व्यवस्था गरिएको हो ।

त्यस्तै, केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन २१ जना समर्थक अनिवार्य गरिएको छ भने २१ हजार रुपैयाँ शुल्क तोकिएको छ । यस पदका लागि पनि एक जना प्रस्तावक अनिवार्य रहनेछ ।

अन्य पदाधिकारी पदका लागि भने ४१ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । उक्त पदका उम्मेदवारले एक जना प्रस्तावक र २१ जना समर्थक अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ ।

निर्वाचन आयोगले प्रस्तावक र समर्थक बन्ने व्यक्तिहरूको नाम पार्टीको ‘प्रतिनिधि नामावली’ मा अनिवार्य रूपमा समावेश भएको हुनुपर्ने सर्तसमेत राखेको छ ।

उम्मेदवारी दर्ताका क्रममा मनोनयन पत्र, शुल्क बुझाएको रसिद वा बैंक भौचर, अनुशासनात्मक कारबाही नभएको स्वघोषणा पत्र, पार्टी सदस्यताको प्रमाणपत्र र दुई प्रति पासपोर्ट साइज फोटो अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । रास्वपाको महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077