Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रास्वपा महाधिवेशनमा प्रचण्ड नजाने, नेकपाबाट वर्षमान पुनलाई पठाइने

रास्वपा महाधिवेशनमा प्रचण्ड नजाने, नेकपाबाट वर्षमान पुनलाई पठाइने

शनिवार , आषाढ ६, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबारदेखि चितवनमा सुरु हुने प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी नहुने भएका छन्।

उनको स्थानमा पार्टीका वरिष्ठ नेता वर्षमान पुन ‘अनन्त’ले नेकपाको प्रतिनिधित्व गर्दै शुभकामना मन्तव्य दिने भएका छन्।

रास्वपाले भरतपुरस्थित गेष्ट हाउस चौरमा हुने उद्घाटन समारोहमा सहभागी हुन प्रचण्डलाई औपचारिक निमन्त्रणा पठाएको थियो।

तर पूर्ण रूपमा स्वास्थ्य लाभ नभइसकेकाले उनले महाधिवेशनमा सहभागी हुन नसक्ने जनाउँदै नेता पुनलाई प्रतिनिधिका रूपमा पठाउने निर्णय गरेका हुन्।

प्रचण्ड केही साताअघि निमोनिया र ज्वरोका कारण अस्वस्थ भएपछि करिब १० दिन अस्पतालमा उपचाररत रहेका थिए। उनी १८ जेठमा अस्पतालबाट डिस्चार्ज भएका थिए।

त्यसपछि शुक्रबार मात्रै कोटेश्वरस्थित पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित सदस्यता नवीकरण अभियानको शुभारम्भ कार्यक्रममा सार्वजनिक रूपमा सहभागी भएका थिए।

नेता वर्षमान पुनले आइतबार बिहान चितवन पुगेर रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेकपाका तर्फबाट शुभकामना व्यक्त गर्ने जानकारी दिएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077