Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सरकारले १०० दिनमा १० वटा कामसमेत गर्न नसकेको कांग्रेसको दाबी

सरकारले १०० दिनमा १० वटा कामसमेत गर्न नसकेको कांग्रेसको दाबी

शनिवार , आषाढ ६, २०८३

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै आगामी दिनमा सदनमार्फत सरकारका कमी–कमजोरीविरुद्ध सशक्त खबरदारी गर्ने घोषणा गरेको छ।

शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दल कार्यसमितिको बैठकले सरकारको सय दिनको कार्यसम्पादनको प्रारम्भिक समीक्षा गर्दै जनताका सरोकारका विषयमा थप आक्रामक रूपमा प्रस्तुत हुने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संसदमा राष्ट्रिय मुद्दा, जनजीविकासँग प्रत्यक्ष जोडिएका विषय र सरकारका कमजोरीलाई प्रभावकारी रूपमा उठाइने बताए।

उनले सांसदहरूलाई जनचासोका विषयलाई प्राथमिकताका साथ सदनमा प्रस्तुत गर्न तथा संसदीय दल र पार्टीबीच थप समन्वय गरेर अघि बढ्ने विषयमा छलफल भएको जानकारी दिए।

पौडेलले प्रमुख प्रतिपक्षी दलले निरन्तर रूपमा संसदमा जनताका मुद्दा उठाइरहे पनि सरकारले त्यसप्रति गम्भीरता नदेखाएको आरोप लगाए।

उनले सरकारलाई निरन्तर खबरदारी गरिरहने स्पष्ट गर्दै विषयगत मन्त्रालयहरूले गरेका कामको अध्ययन गर्न पार्टीका नेताहरूलाई जिम्मेवारीसमेत तोकिएको बताए।

सरकारको सय दिनको कार्यकालप्रति टिप्पणी गर्दै पौडेलले सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको दाबी गरे। "सरकारले सय दिनमा उल्लेखनीय १० वटा कामसमेत गर्न सकेको छैन," उनले भने।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077