Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

ललितपुरको जावलाखेलमा देखाइयो भोटो

ललितपुरको जावलाखेलमा देखाइयो भोटो

शनिवार , आषाढ ६, २०८३

काठमाडौं । वर्षा, सहकाल र समृद्धिका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको ऐतिहासिक रथयात्रा शनिबार ललितपुरको जावलाखेलमा भव्य रूपमा आयोजित भोटो जात्रासँगै विधिवत् सम्पन्न भएको छ।

रथ जावलाखेल पुर्‍याएको चौथो दिन राष्ट्रपति रामचन्द्र पौडेलको विशेष उपस्थितिमा परम्पराअनुसार मणिमणिक्य जडित भोटो सर्वसाधारणलाई प्रदर्शन गरिएको थियो।

गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएसँगै सयौँ वर्षदेखि निरन्तर चलिआएको यो ऐतिहासिक परम्पराले निरन्तरता पाएको हो।

भोटो जात्रामा राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री बालेन शाह लगायत सरकारका उच्च पदस्थ अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

भोटो अवलोकनका लागि जावलाखेल क्षेत्रमा बिहानैदेखि सर्वसाधारणको उल्लेख्य भीड लागेको थियो। जात्राका क्रममा ललितपुरकी जीवित कुमारीले राष्ट्रपतिसहित उपस्थित विशिष्ट व्यक्तिहरूलाई टीका र प्रसाद प्रदान गरेकी थिइन्।

रातो मच्छिन्द्रनाथको रथयात्रा काठमाडौं उपत्यकाको सबैभन्दा लामो र सांस्कृतिक रूपमा अत्यन्त महत्वपूर्ण जात्राका रूपमा परिचित छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077