Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आज उपत्यकामा भोटो जात्रा मनाइँदै, सार्वजनिक बिदा

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको आज भोटो देखाउने पर्व (भोटो जात्रा) मनाइँदैछ । भोटो जात्रालाई करिब ८०० वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो ।

जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए। भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ।

पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ।

यो जात्रा हेर्न आइतबार राष्ट्रपति रामचन्द्र पौडेल जावलाखेल पुग्नेछन् । यस अवसरमा सरकारले बिहीबार उपत्यकामा सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले काठमाडौंका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077