Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालेन निकट सन्तोष थापा नेपाल स्काउटको प्रमुख आयुक्तमा नियुक्त

बालेन निकट सन्तोष थापा नेपाल स्काउटको प्रमुख आयुक्तमा नियुक्त

बुधवार , श्रावण ६, २०८३

काठमाडौं । नेपाल स्काउट अन्तरिम राष्ट्रिय कार्यकारी समितिको प्रमुख आयुक्त पदमा सन्तोष कुमार थापा नियुक्त भएका छन्।

सरकारले बुधबार थापालाई उक्त जिम्मेवारीमा नियुक्त गरेको हो।

नवनियुक्त प्रमुख आयुक्त थापालाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रालयमा आयोजित एक कार्यक्रममा नियुक्तिपत्र हस्तान्तरण गरेका थिए।

थापा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह समूहसँग निकट मानिन्छन्।

काठमाडौं महानगरपालिकाको स्थानीय तह निर्वाचनका क्रममा बालेन शाहलाई प्रमुखमा विजयी बनाउन उनले सक्रिय भूमिका खेलेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077