Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्काउटको जग्गामा महानगरको चल्यो डोजर, भत्काइयो पूर्वमन्त्री खड्काले बनाएका टहरा !

स्काउटको जग्गामा महानगरको चल्यो डोजर, भत्काइयो पूर्वमन्त्री खड्काले बनाएका टहरा !

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले लैनचौरस्थित नेपाल स्काउटको जग्गा कब्जामा लिएर भाडा नतिरी बसिरहेको आरोप लागेका संरचनामाथि डोजर चलाएको छ ।

लामो समयदेखि विवादमा रहेको उक्त जग्गामा पूर्वऊर्जमन्त्री एवं कांग्रेस नेता दिपक खड्काले विभिन्न व्यापारिक संरचना निर्माण गरी प्रयोग गर्दै आएको आरोप रहेको थियो ।

स्काउटले सो जग्गा भाडामा दिएको भए पनि उनले नियत समयदेखि भाडा नतिरेको र जग्गा खाली गर्न पटक–पटक आग्रह गरिएको बताइएको छ ।

तर चेतावनीपत्रका बावजूद पनि जग्गा खाली नगरेकाले महानगरपालिकाले बिहीबार बिहानै डोजर परिचालन गरी टहरा तथा अस्थायी संरचना भत्काएको हो ।

स्काउटले २०६५ सालमा भाडामा दिएको ३ रोपनी जग्गामा खड्का ल्याण्डले लैनचौर ब्याङ्क्वेट खोलेको छ । त्यस्तै, माई च्वाइस नामक रेस्टुरेन्टको संरचना पनि बनाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077