Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दीपक खड्कामाथि अदालतको कडाइ, विदेश जान अनुमति अनिवार्य

दीपक खड्कामाथि अदालतको कडाइ, विदेश जान अनुमति अनिवार्य

बिहिवार , बैशाख ३, २०८३

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्ने आदेशसँगै विदेश भ्रमणमा कडाइ गरेको छ।

अदालतले खड्कालाई विदेश जानुअघि अनिवार्य रूपमा अदालतको अनुमति लिनुपर्ने शर्त राखेको हो।

बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइपछि थुनामुक्तिको आदेश दिँदै यस्तो व्यवस्था गरिएको जनाइएको छ।

अर्जुन कोइराला का अनुसार अदालतले खड्काको पक्राउलाई गैरकानुनी ठहर गरेको छ।

खड्कालाई सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ गरिएको थियो। त्यसविरुद्ध उनकी पत्नी विनिता थापाले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले खड्कालाई पक्राउ गरेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077