Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पूर्वऊर्जामन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

पूर्वऊर्जामन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

बिहिवार , बैशाख ३, २०८३

काठमाडौं । सर्वोच्च अदालतले पूर्वऊर्जा मन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै खड्कालाई तत्काल रिहा गर्न आदेश दिएको हो।

खड्कालाई यसअघि सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा पक्राउ गरी प्रहरी हिरासतमा राखिएको थियो।

खड्काले विदेश जानुपर्ने अवस्था आएमा अनिवार्य रूपमा अनुमति लिनुपर्ने आदेशमा उल्लेख छ।

खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले खड्काको पक्राउ र म्याद थप प्रक्रिया कानुनसम्मत नदेखिएको निष्कर्ष निकालेको हो।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले खड्कालाई पक्राउ गरेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077