उदयपुर । उदयपुरमा स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।
महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको बा.२ ख ६४३८ नम्बरको स्कुल बस उदयपुरगढी गाउँपालिका–७ अँधेरी क्षेत्रमा दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार बस सडकबाट करिब २५ मिटर तल खसेको छ ।
दुर्घटनामा घाइते भएकाहरूलाई प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप विवरण संकलन भइरहेको छ।