Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नवलपरासीमा बस र ट्रक एकआपसमा ठोक्किँदा १३ जना घाइते

नवलपरासीमा बस र ट्रक एकआपसमा ठोक्किँदा १३ जना घाइते

बुधवार , जेठ ६, २०८३

नवलपरासी। नवलपरासी पूर्वमा  बस दुर्घटना र ट्रक एकआपसमा ठोकिँदा १३ जना घाइते भएका छन् ।

जिल्लाको विनय त्रिवेणी गाउँपालिका-२ ज्यामिरेस्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरमा बस अनियन्त्रित भई ट्रकसंग ठोक्किँदा १३ जना घाइते भएका हुन् । 

बुधबार बिहान नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख १९१० नम्बरको बस सोही दिशातर्फ जाँदै गरेको प्र।१–०१–००१ ख ३७५९ नम्बरको अर्को बस र विपरीत दिशाबाट आइरहेको बा.प्र.०३–००१ ख १०४९ नम्बरको ट्रकसँग ठोक्किएर सडकमा पल्टिएको नवलपुर प्रहरीले जनाएको छ ।

घाइते हुनेहरूमा बर्दिया बासगढी नगरपालिका–५ की ३१ वर्षीया चन्द्रकला आचार्य, उनकी ५५ वर्षीया आमा जोमीसरा शर्मा, २० वर्षीय सञ्जिव थारु, ३१ वर्षीया निता थारु, उनकी ६ वर्षीया छोरी अनुशा तथा ३८ वर्षीय हरि दर्लामी मगर रहेका छन् । 

त्यस्तै, कैलाली टीकापुर नगरपालिका–१ की ४० वर्षीया कमला दमाई, बाँके राप्तीसोनारी गाउँपालिका–५ का ४४ वर्षीय पिमा थारु, कोहलपुर नगरपालिका–११ का २१ वर्षीय केशव शर्मा, सल्यान बनगाड कुपिण्डे नगरपालिका–३ की १९ वर्षीया चेतना पुन मगर, काभ्रे बनेपा नगरपालिका–१२ की २६ वर्षीया मुना भुजेल, तथा कैलाली घोडाघोडी नगरपालिका–१ सुखडकी २८ वर्षीया पूजा चौधरी र उनकी ७ महिनाकी छोरी क्रिसा रहेका छन् ।

घाइतेमध्ये ८ जनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ भने अन्यको विनयी त्रिवेणी आधारभूत अस्पताल दुम्किबासमा उपचार भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077