Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हस्तकला महासंघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

हस्तकला महासंघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

बुधवार , श्रावण ६, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले आज नेपाल हस्तकला महासंघका पदाधिकारी तथा प्रतिनिधिहरूसँग हस्तकला क्षेत्रको विकास, प्रवर्द्धन र निर्यात विस्तारका विषयमा छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः३० बजे हुने छलफलमा हस्तकला उद्योगको वर्तमान अवस्था, उत्पादन तथा बजार विस्तार, निर्यात प्रवर्द्धन तथा यस क्षेत्रले भोगिरहेका समस्या र समाधानका उपायबारे विचार–विमर्श हुने जनाइएको छ।

छलफलमा नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकासरत्न ढाक्वा तथा शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी हुनेछन्।

सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै नेपाली हस्तकलाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तारका लागि आवश्यक नीतिगत सहयोगका विषयमा पनि बैठकमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 प्रधानमन्त्री शाहले विभिन्न निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा सरोकारवाला निकायसँग नियमित संवाद गर्दै उनीहरूका समस्या, नीतिगत सुधारका सुझाव र समाधानका उपायबारे छलफल गरिरहेका छन्। 

यसअघि नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारी, पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग विशेष छलफल गरिसकेका छन् ।

त्यसअघि प्रधानमन्त्री बालेनले नेपाल जुत्ता उत्पादक संघ, महिला उद्यमी महासंघ, होटल एसोसिएसन नेपाल (हान)का पदाधिकारी, ऊर्जा क्षेत्रका उद्योगी–व्यवसायी, निर्माण व्यवसायी र उद्योगी तथा व्यवसायी छलफल गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077