Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि, कति पुग्यो ?

सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि, कति पुग्यो ?

बुधवार , श्रावण ६, २०८३

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य उल्लेख्य रूपमा बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ हजार ४ सय रुपैयाँले बढेर २ लाख ९१ हजार रुपैयाँ पुगेको छ। 

अघिल्लो दिन सुन तोलाको २ लाख ८५ हजार ६ सय रुपैयाँ मा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ११० रुपैयाँ ले बढेर ४ हजार ४ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

हिजो चाँदीको मूल्य चार हजार ३७० निर्धारण भएको थियो। 

महासंघका अनुसार हालसम्म नेपाली बजारमा सुनको सबैभन्दा उच्च मूल्य ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको उच्च मूल्य ७ हजार ५०५ रुपैयाँ प्रतितोला पुगेको रेकर्ड छ।

गएको माघ १५ गते  सुनको मूल्य तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो भने चाँदीको मूल्य पनि तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। उक्त मूल्य नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077