Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

सुन तोलामा १९ सय र चाँदी ४० रुपैयाँले महँगियो

सुन तोलामा १९ सय र चाँदी ४० रुपैयाँले महँगियो

आइतवार , श्रावण ३, २०८३

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँले बढेर दुई लाख ८४ हजार रुपैयाँ पुगेको छ।

यसअघि गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार १०० रुपैयाँ कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले वृद्धि भई चार हजार २४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यसअघि चाँदी चार हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस चार हजार ३१ अमेरिकी डलर र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077