Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

ज्ञानेन्द्रलाई खगेन्द्र सुनारको कटाक्ष - भारत गएर आधा सिए, जापान गएर आधा पिए !

ज्ञानेन्द्रलाई खगेन्द्र सुनारको कटाक्ष - भारत गएर आधा सिए, जापान गएर आधा पिए !

आइतवार , श्रावण ३, २०८३

काठमाडौं । जापान भ्रमणका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारबीच सुरु भएको वाकयुद्ध सामाजिक सञ्जालमा झन् चर्किएको छ ।

रास्वपा सांसद सुनारले सामाजिक सञ्जालमार्फत शाहीको शैक्षिक पृष्ठभूमि र जापान भ्रमणलाई व्यङ्ग्य गर्दै कटाक्ष गरेका हुन् । उनले लेखेका छन्–

‘भारत गएर आधा सिए (C.A)
जापान गएर आधा पिए !
नेपालमा राजाको कुरा,
जापान पुगेर गाँजाको कुरा !!’

उनले अगाडि लेखेका छन्, ‘देख्यौं हैन जापानी तरक, यही साथी जाँड खाने र नखानेमा फरक !!!’

जापानमै आयोजित एक कार्यक्रममा दुवै सांसद अतिथिका रूपमा सहभागी भएका बेला विवादको सुरुआत भएको बताइएको छ।

कार्यक्रममा बोल्दै राप्रपा नेता शाहीले रास्वपा सांसद सुनारलाई लक्षित गर्दै आफू 'केवल नमस्कार गर्ने नेता नभई गृहमन्त्रीसँग आँखा जुधाएर र औँला ठड्याएर कुरा गर्ने व्यक्ति' भएको अभिव्यक्ति दिएका थिए। त्यसपछि रास्वपा समर्थकहरूले सामाजिक सञ्जालमार्फत शाहीको आलोचना गरेका थिए।

आफूमाथि सुनियोजित रूपमा प्रहार भएको दाबी गर्दै शाहीले फेसबुक लाइभमार्फत आक्रोश व्यक्त गरेका थिए।

त्यसक्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ, रास्वपा सभापति रवि लामिछाने तथा रास्वपा समर्थकहरूलाई लक्षित गर्दै विवादास्पद र आपत्तिजनक टिप्पणी गरेका थिए।

शाहीले प्रधानमन्त्रीलाई ‘गँजेडीको ग्याङ’, गृहमन्त्रीलाई ‘टीओबी ग्याङको नाइके’, रास्वपा सभापति रवि लामिछानेलाई ‘सहकारी ठगको ग्याङ’ तथा रास्वपा समर्थकहरूलाई ‘सडकछाप’ र ‘खरानी ग्याङ’ जस्ता शब्द प्रयोग गरेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077