Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

संसदीय सुनुवाइ समितिको बैठक आह्वान

संसदीय सुनुवाइ समितिको बैठक आह्वान

सोमवार , श्रावण ४, २०८३

काठमाडौं । निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध परेको उजुरीमाथि छलफल गर्न संसदीय सुनुवाइ समितिको बैठक मंगलबार बस्ने भएको छ।

समितिकी सचिव सावित्रा शर्माका अनुसार बैठक साउन ५ गते बिहान ११ बजे सिंहदरबारस्थित राज्यव्यवस्था तथा सुशासन समितिको हलमा बस्नेछ।

बैठकमा प्राप्त उजुरी खोल्ने तथा त्यसको वितरण गर्ने कार्यसूची रहेको छ।

समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की तथा आयुक्तद्वय राजीव सुब्बा र गुरुप्रसाद वाग्लेविरुद्ध उजुरी दिन असार २५ गतेदेखि १० दिनको समय दिएको थियो।

सो अवधिमा एकवटा मात्र उजुरी प्राप्त भएको सचिव शर्माले जानकारी दिइन्।

उनका अनुसार मंगलबारको बैठकमा उक्त उजुरी औपचारिक रूपमा खोलिने र सुनुवाइ प्रक्रियालाई अघि बढाइनेछ।

संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले निर्वाचन आयोगका रिक्त पदमा मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077