Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

छानबिन समितिको टीओआरमा सहमति नजुटेपछि कार्यदलको बैठक निष्कर्षविहीन

काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तय गर्न गठित कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ।

सहकारी ठगीको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्ष विहीन बनेको हो ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा सत्ता पक्ष र प्रतिपक्ष दलका सदस्यहरुले अडान यथावत राखेका थिए ।

कार्यदलमा सदस्य एवं एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बैठक सकारात्मक भएको बताए।

उनले आजको प्रतिनिधिसभा अवरोध नहुने र स्वतस्फूर्त अगाडि बढ्ने विश्वास व्यक्त गरे।

नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी उनी मुछिएको सहकारी संस्थामा पनि संसदीय समितिले छानबिन गर्नुपर्ने अडान राखेको थियो भने एमाले र रास्वपा त्यो कुरामा सहमत भएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077