Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

क्यानडासँग पनि चिढिए ट्रम्प, ५० प्रतिशत भन्सार दर लगाउने घोषणा

क्यानडासँग पनि चिढिए ट्रम्प, ५० प्रतिशत भन्सार दर लगाउने घोषणा

मंगलवार , श्रावण ५, २०८३

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडासँग रुष्ट बनेका छन् । अमेरिकी गाडी, दुग्धजन्य पदार्थ र मदिराप्रति क्यानडाले ‘असमान व्यवहार’ गरेको भन्दै ट्रम्प रुष्ट बनेका हुन् ।

फलस्वरुप उनले क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा ५० प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्।

बिबिसीका अनुसार नयाँ भन्सार दर ३० दिनभित्र लागु हुनेछ। ट्रम्पले अमेरिकी गाडी, दुग्धजन्य पदार्थ र मदिराप्रति क्यानडाले गरेको ‘असमान व्यवहार’को जवाफस्वरूप यस्तो निर्णय गरिएको बताएका छन्।

यस निर्णयसँगै अमेरिका र क्यानडाबीचको व्यापारिक तनाव थप चर्किने अनुमान गरिएको छ।

वाइन, हक्की स्टिक, सिमेन्ट लगायत वस्तुमा भन्सार दर लागु गरिएको छ।  ऊर्जा, पोटास, महत्वपूर्ण खनिज र माछासहितका सामग्रीलाई भने यसबाट छुट दिइएको छ।

यता, क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले आगामी केही साताभित्र अमेरिकासँगको व्यापार वार्तालाई थप तीव्र बनाउन आफ्नो सरकार तयार रहेको बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै अमेरिकी निर्णयलाई ‘एकपक्षीय व्यापारिक कदम’को संज्ञा दिएका छन्।

कार्नीका अनुसार अमेरिकाले क्यानडा(अमेरिका(मेक्सिको व्यापार सम्झौताको उल्लंघन गर्दै विभिन्न भन्सार दर लागू गरेसँगै यस्ता एकपक्षीय कदमको सुरूआत भएको हो।

उनले आफ्नो वक्तव्यमा ‘क्यानडाको सार्वभौमसत्तामाथिको खतरा’को पनि उल्लेख गरेका छन्।

अमेरिकाले हाल क्यानडाबाट आयात हुने स्टिल, आल्मुनियम र तामामा १५ देखि ५० प्रतिशतसम्म ट्यारिफ लगाउँदै आएको छ। यसका साथै क्यानडाको सफ्टवुड काठमा ३५ प्रतिशत र अमेरिकाबाहिर निर्मित सवारीसाधनका पार्टपुर्जामा २५ प्रतिशत कर पनि लगाइएको छ।

क्यानडाले पनि अमेरिकी स्टिल, आल्मुनियम र सवारीसाधनका केही आयातित वस्तुमा २५ प्रतिशत भन्सार दर लागू गरेको छ।

केही दिनअघि ट्रम्पले क्यानडाबाट आएको डढेलोको धुँवा अमेरिकी सहरसम्म पुगेको भन्दै भन्सार लगाउने चेतावनी दिएका थिए। उनले सोमबार हस्ताक्षर गरेका कार्यकारी आदेशहरूमा भने डढेलो वा धुँवाको कुनै उल्लेख गरिएको छैन। – एजेन्सी

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077