Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

इरानले आफूविरुद्ध हत्याको षड्यन्त्र रचिरहेको ट्रम्पको दाबी, भने- तेहरान ध्वस्त पारिदिन्छु

इरानले आफूविरुद्ध हत्याको षड्यन्त्र रचिरहेको ट्रम्पको दाबी, भने- तेहरान ध्वस्त पारिदिन्छु

शनिवार , आषाढ २७, २०८३

एजेन्सी । अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो हत्या गर्ने प्रयास गरिरहेको दाबी गरेका छन्।

ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिका क्रममा आफूलाई हत्या गर्न खुला आह्वान गरिएको दाबी गर्दै इरानलाई कडा चेतावनी दिएका छन् ।

'हजार मिसाइल तयार छन्, जसले इस्लामिक गणतन्त्र इरानलाई ताकिरहेका छन्। थप हजारौँ मिसाइल तुरुन्त प्रहार गरिनेछ । इरानले अमेरिकाका वर्तमान राष्ट्रपतिलाई विश्वका जुनसुकै कुनामा गए पनि मार्ने भनेर दिएको धम्कीअनुसार मलाई मार्‍यो वा मार्ने कोसिस गर्‍यो भने मैले अगाडि नै निर्देशन दिइसकेको छु, अमेरिकी सेना एक वर्षभित्र वा समय थप गर्न पनि सकिन्छ इरानका सबै क्षेत्र पूर्ण रूपमा ध्वस्त पार्न तयार र सक्षम छ,' शनिबार आफ्नो सामाजिक सञ्जाल ट्रथ सोसलमा ट्रम्पले लेखेका छन् ।

ट्रम्पले आफ्नो सन्देशमा इरानविरुद्ध एक हजार क्षेप्यास्त्र तयारी अवस्थामा रहेको दाबी गर्दै इरानी सरकारले आफूविरुद्ध कुनै पनि प्रकारको आक्रमण वा धम्कीलाई कार्यान्वयन गरेमा तत्काल थप हजारौँ क्षेप्यास्त्र प्रहार गरिने चेतावनी दिएका छन् । 

उनको पछिल्लो भनाइले मध्यपूर्वमा पुनस्तनाव बढ्न सक्ने संकेत गरेको छ ।

यसअघि गत बुधबार पनि अमेरिकाका राष्ट्रपति ट्रम्पले आफ्नो जीवन हर क्षण खतरामा रहेको बताएका थिए।

एयर फोर्स वानमा यात्राका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो नाम इरानीहरूको हिटलिस्टको शीर्ष स्थानमा रहेको दाबी गरेका थिए।

यसअघि अमेरिका र इरानबीच केही दिनसम्म सैन्य आक्रमण र जवाफी कारबाही भएका थिए, जसले क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077