Jul 07 2026 | २०८३, आषाढ २३ गते

07 Jul 2026 | मंगलवार, आषाढ २३ गते २०८३

मंगलवार, आषाढ २३ गते २०८३
images
images

रुस-युक्रेन युद्ध अन्त्य गर्नेबारे ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता

रुस-युक्रेन युद्ध अन्त्य गर्नेबारे ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता

सोमवार , आषाढ २२, २०८३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन् । उनीहरुबीच झण्डै ९० मिनेट फोन वार्ता भएको हो ।

वार्ताका क्रममा ट्रम्पले युक्रेन युद्धको समाधान खोज्न सहयोग गर्न तयार रहेको बताए । आउँदो हप्ता टर्कीमा हुने नेटो शिखर सम्मेलनको सन्दर्भमा ट्रम्पले युद्ध छिटो अन्त्य गर्ने उद्देश्यले सहजीकरण गर्न इच्छुक रहेको बताए ।

छलफलमा पुटिनले युद्धको राजनीतिक तथा कूटनीतिक समाधान र रुसका आधारभूत अडानलाई सम्मान गर्ने सहमतिमूलक उपाय आवश्यक रहेको धारणा राखे ।

साथै उनले युक्रेन र उसका युरोपेली सहयोगीहरूले द्वन्द्व लम्ब्याउने तथा सर्वसाधारणमाथि आक्रमण बढाउने प्रयास गरिरहेको आरोप पनि लगाए । 

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि राष्ट्रपति ट्रम्पसँग टेलिफोनमा कुराकानी गरे । जेलेन्स्कीले यो कुराकानीलाई निकै सकारात्मक भएको उल्लेख गर्दै युद्ध अन्त्यका लागि अमेरिकी नेतृत्वको भूमिका निर्णायक हुने बताए ।

पुटिनले ट्रम्पलाई मस्को भ्रमणका लागि आमन्त्रण पनि गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077