Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु, हजारौँ शोकाकुल नागरिक भेला

इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु, हजारौँ शोकाकुल नागरिक भेला

शनिवार , आषाढ २०, २०८३

एजेन्सी । इरानले शनिबार बिहानदेखि दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक सुरुआत गरेको छ । 

इरानी राज्य सञ्चारमाध्यमका अनुसार आजदेखि सुरु भएको अन्त्येष्टि समारोह जुलाई ४, ५, ६, ७ र ८ सम्म गरिने छ । 

त्यसपछि खामेनीको शव जुलाई ९ मा मसहद सहरमा गाडिनेछ। 

उनको पार्थिव शरीर इरान र छिमेकी इराकका विभिन्न सहरमा लगिने कार्यक्रम तय गरिएको छ । अन्त्येष्टि तेहरानको ग्रान्ड मोसल्लाबाट सुरु भएको छ । 

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त हवाई हमला गरी मारेका इरानका तत्कालीन सर्वोच्च नेता खामेनीको बल्ल अन्त्येष्टि सुरु भएको हो। 

त्यहाँ शोक समारोहका कारण सडक तथा दैनिक जनजीवन प्रभावित हुने अपेक्षा गरिएको छ । दशकमै पश्चिमसँग टकराबपूर्ण नीति अपनाउँदै इरानको नेतृत्व गरेका खामेनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न ठूलो संख्यामा शोकाकुल नागरिक सहभागी छन् ।

2.jpg

उनीहरूले अमेरिका विरुद्ध नारा लगाएका छन् भने बदलाको प्रतीक मानिने रातो ब्यानर पनि प्रदर्शन गरेका छन् ।

यसअघि बिहीबार राति तेहरानको केन्द्र क्षेत्रमा सानो शोकसभा आयोजना गरिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077