Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

भेनेजुएला भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या दुई हजार नजिक, दश हजार भन्दा बढी घाइते

भेनेजुएला भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या दुई हजार नजिक, दश हजार भन्दा बढी घाइते

बुधवार , आषाढ १७, २०८३

एजेन्सी । भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ पुगेको छ । 

भेनेजुएलाका राष्ट्रिय सभा अध्यक्ष जोर्ज रोड्रिग्जले एक प्रेस विज्ञप्ति जारी गर्दै भूकम्पमा परी दश हजार ५०० जना भन्दा बढी घाइते भएका पुष्टि गरेका छन् ।

प्रेस विज्ञप्ति मार्फत रोड्रिगेजले अहिले सम्म १५ हजार भन्दा बढी प्रभावित मानिसहरू दर्ता भएको र राहत तथा उद्धार कार्य सुरु भए देखि छ हजार ४६१ जनालाई उद्धार गरिएको बताएका छन् । उनका अनुसार भूकम्पमा परी हजारौँ मानिसहरू अझै बेपत्ता रहेका छन् ।

स्थानीय समयअनुसार जुन २४ को साँझ केही सेकेन्डको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पले भेनेजुएलालाई हल्लाएका थिए।  

ती भूकम्पले विशेषगरी प्रभावित क्षेत्रमा व्यापक जनधनको क्षति पुर्‍याएको हो।  

त्यसपछि पनि दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा गत शनिबार ४.९ म्याग्निच्युड र आइतबार पुनः ५.६ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो। 

युक्त राष्ट्र संघको तथ्यांक अनुसार लगभग ५० हजार मानिसहरू अझै बेपत्ता छन् भने उनीहरूको खोजी तथा उद्धार कार्य जारी छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077