Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

पूर्व अनुमति बिनै भारतीय सेनाको हेलिकप्टर कालापानी प्रवेश, के भन्छ सरकार ?

पूर्व अनुमति बिनै भारतीय सेनाको हेलिकप्टर कालापानी प्रवेश, के भन्छ सरकार ?

बुधवार , आषाढ १७, २०८३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भू(भागमा प्रवेश गरेको स्पष्ट पारेका छन् ।

बुधबार संघीय संसदको राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको जवाफ दिँदै मन्त्री खनालले दार्चुला क्षेत्रमा भएको उक्त घटनामा भारतीय पक्षको कुनै गलत मनसाय नदेखिएको स्पष्ट पारेका हुन् ।

'दार्चुला जिल्लामा भारतीय हेलिकप्टर नियोजित एवं गलत मनशायले नेपाल नेपालको भूभाग प्रवेश गरेको नेदेखिएको र त्यस क्षेत्रको भौगोलिक अवस्थितिका कारणले नेपाली भूभाग प्रवेश गरेको विषयमा नेपाली सम्बन्धित अधिकारीहरू र भारतीय पक्षबीच आवश्यक समन्वय भइरहेको छ,' मन्त्री खनालले भने ।

उनले दार्चुला क्षेत्रको भौगोलिक अवस्था र प्रतिकूल मौसमका कारण हेलिकप्टर नेपाली भू(भागमा प्रवेश गर्न पुगेको उल्लेख गर्दै घटनाबारे नेपाली सम्बन्धित निकाय र भारतीय पक्षबीच आवश्यक सम्पर्क तथा समन्वय भइरहेको जानकारी दिए ।

जेठ २७ गते बिहान भारतीय सेनाको हेलिकप्टर नेपाल सरकारको पूर्वअनुमति नलिएरै दार्चुलाको ब्यास गाउँपालिका–१,  छाङरुको आकाश हुँदै कालापानी पसेको थियो ।  

सुरक्षा स्रोतहरूका अनुसार उक्त हेलिकोप्टरमा भारतको ‘इन्डो–टिबटेन बोर्डर पुलिस’ ९आइटीबीपी०का महानिर्देशक शत्रुजीतसिंह कपूर सवार थिए । 

त्यसपछि सशस्त्र प्रहरी बलमार्फत जानकारी आएपछि यस विषयमा जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा मौखिक जानकारी गराएको थियो ।

त्यसयता भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको विषय प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा निरन्तर उठ्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077