काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा खसेको पहिरो हटाइएपछि सवारी आवागमन पुनः सुचारु भएको छ ।
इच्छाकामना गाउँपालिका-५, तुइन खोलास्थितआज बिहान करिब साढे १० बजेतिर पहिरो खसेपछि केही समयका लागि सडक अवरुद्ध बनेको थियो ।
तत्काल पहिरो पन्छाएर मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
कार्यालयले जारी गरेको सूचनामा तुइन खोलामा खसेको पहिरो हटाएर सडकमा सवारी आवागमन पुनः सञ्चालनमा आएको उल्लेख गर्दै सबै चालकलाई लेन अनुशासन पालना गरी सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ ।
साथै मनसुन सक्रिय रहेकाले उक्त सडकखण्डमा यात्रा गर्दा सम्भावित पहिरो र सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सम्बन्धित निकायले अनुरोध गरेका छन् ।