Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रात्री बसको क्याविनमै खस्यो ढुंगो, चालकको सावधानीले सुरक्षित रहे ४३ यात्रु

रात्री बसको क्याविनमै खस्यो ढुंगो, चालकको सावधानीले सुरक्षित रहे ४३ यात्रु

शुक्रवार , फाल्गुण २९, २०८२

काठमाडौं । काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको नाइट बसको क्याविनमै ढुंगो बजारिएपनि चालकको सतर्कताले दुर्घटनाबाट बचेको छ । 

तुइन खोला पहिरोमा माथिबाट अचानक ढुंगा खस्दा एक जना घाइते भएका छन् भने बसको अगाडिको सिसा नै फुटेको छ । 

यद्दपि, चालकको होसियारीले ठूलो दुर्घटना टरेको छ । राष्ट्रिय यातायात व्यवसायी महासंघ कार्यवाहक अध्यक्ष सरोज सिटौलाले पनि चालकको होसियारीले दुर्घटना टरेको बताएका छन् । 

गएराती पानी परिरेका कारण चितवनको इच्छाकामना गाउँपालिका– ५ स्थित तुइनखोलाको पहिरोबाट स–साना ढुंगा झरिरहेको थियो। जसले गर्दा सवारीको चाप पनि बढी नै थियो । त्यहिबेला माथिबाट खसेको ढुंगा चालक अगाडिको सिसामा बजारियो र सिसा फुटाएर ढुंगा बसभित्रै पस्यो। 

झमझम पानी परिरहेका बेला बस हाँकिरहेका थिए, चालक श्याम जोशीले । एक्कासी बसको सिसामा ढुंगा झरेपछि आफूले हत्तपत्त ब्रेक लगाउन भ्याएको उनी बताउँछन्। नयाँ प्रविधिको ब्रेकका कारण मात्रै यात्रु र आफ्नो ज्यान जोगाउन भ्याएको उनको भनाइ छ।

गएराति भएको उक्त घटनाको दृष्य बसमा रहेको सीसीटीभी क्यामरामा रेकर्ड भएको छ ।

बागमती प्रदेश ०३–००१ ख–४८७१ नम्बरको बसमा उक्त घटना भएको हो । बसमा ४३ जना सवार थिए । बसले आकस्मिक ब्रेक लगाउँदा थप केही यात्रु सामान्य घाइते भएपनि चालकले बहादुरीपूर्वक गाडी बचाउन सफल भएको घिडियो मै देख्न सकिन्छ ।

सिटौलाले भनेका छन्–‘थोरै पनि दायाँबायाँ भएको भए तल त्रिशूली नदीमा जाने जोखिम थियो । चालकले यो घटनामा बहादुरी देखाएका छन् ।’

बसमा सीसी क्यामरा र जीपीएस सिस्टम जडान भएका कारण घटनाबारे तत्कालै जानकारी पाएको र बसमा यस्ता प्रविधि जडान हुँदा भैपरि आउने घटना न्यूनीकरणमा सहयोग पुग्ने सिटौलाको भनाई छ । 

दुर्घटना भयो कि चालककै लापरबाहीले हो भन्ने गरिएको बताउँदै सिटौलाले भने–‘दुर्घटना हुनुको गल्ती सबै चालकको मात्रै हुँदैन। हिजो त्यो दुर्घटना पनि सीसीटीभीमा रेकर्ड थिएन र ठूलो दुर्घटना भएको थियो भने उस्तै आरोप लाग्थ्यो। तर प्रविधिको प्रयोगले प्रमाण देखाएको छ। अब कार्यविधि नै बनाएर सबै सवारीमा यो प्रविधि प्रयोग गर्नुपर्छ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077