Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

वीपी स्मृति दिवसमा कांग्रेसको नयाँ घोषणा, कल्याण कोष स्थापना

वीपी स्मृति दिवसमा कांग्रेसको नयाँ घोषणा, कल्याण कोष स्थापना

बुधवार , श्रावण ६, २०८३

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका संस्थापक तथा नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको स्मृति दिवसको अवसरमा ‘मानव सहायता कल्याण कोष’ स्थापना गर्ने घोषणा गरेको छ।

कोषको घोषणा गर्दै कांग्रेसका सभापति गगन थापाले प्राकृतिक विपद् वा अन्य कारणले घरबारविहीन बनेका एकल महिला तथा बालबालिकालाई राहत र सहयोग उपलब्ध गराउने उद्देश्यले कोष स्थापना गरिएको बताए।

उनका अनुसार पार्टीका सदस्यहरूबाट संकलित १० लाख रुपैयाँ प्रारम्भिक रूपमा कोषमा जम्मा भइसकेको छ। आगामी दिनमा थप सहयोग जुटाउँदै कोषलाई विस्तार गरिने उनले जानकारी दिए ।

सभापति थापाले कोषको कार्यविधि, सञ्चालन प्रक्रिया तथा पार्टीका समसामयिक राजनीतिक एजेन्डा र आगामी अभियानबारे बिहीबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष कार्यक्रममा विस्तृत जानकारी सार्वजनिक गरिने बताए ।

यसै अवसरमा नेपाली कांग्रेसले हाल सञ्चालनमा रहेको ‘जरा अभियान’को औपचारिक समापन गर्दै नयाँ राजनीतिक तथा सामाजिक अभियानहरूको समेत घोषणा गर्ने तयारी गरेको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077