Jul 05 2026 | २०८३, आषाढ २१ गते

05 Jul 2026 | आइतवार, आषाढ २१ गते २०८३

आइतवार, आषाढ २१ गते २०८३
images
images

कांग्रेसको निर्वाचनमा डिजिटल मतदान गर्ने तयारी

कांग्रेसको निर्वाचनमा डिजिटल मतदान गर्ने तयारी

आइतवार , आषाढ २१, २०८३

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन तयारी सुरु गरेको छ ।

महाधिवेशनको निर्वाचन प्रक्रियामा डिजिटल प्रणाली र इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) को प्रयोगलाई प्राथमिकतामा राख्ने निर्णय गर्दै केन्द्रीय निर्वाचन समितिले आवश्यक तयारी अघि बढाएको हो।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रियालाई क्रमशः डिजिटलाइजेसनतर्फ लैजाने र सम्भव भएसम्म ईभीएम प्रविधिको प्रयोग गर्ने निर्णय गरेको जनाएको छ।

समितिले यसलाई निष्पक्ष, पारदर्शी र छिटो परिणाम दिने प्रणालीका रूपमा अघि बढाउने तयारी गरेको हो।

निर्वाचन व्यवस्थापनलाई थप प्रभावकारी बनाउन काठमाडौं उपत्यकाभित्रका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका निर्वाचन अधिकृत तथा ती जिल्लाअन्तर्गत रहेका १५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र, महानगरपालिका र नगरपालिकामा महिला कानुन व्यवसायीलाई निर्वाचन अधिकृतका रूपमा प्राथमिकताका साथ खटाउने निर्णय पनि गरिएको छ।

यस्तै, निर्वाचन कार्यमा स्वयंसेवकको रूपमा कानुन व्यवसायी तथा अन्य पेसागत क्षेत्रका व्यक्तिहरूलाई सहभागी गराउन रोस्टर तयार गर्ने, उनीहरूलाई अभिमुखीकरण गराएर आवश्यकताअनुसार निर्वाचन अधिकृतका रूपमा परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077