काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कमजोर बनाउन भरपुर शक्ति प्रयोग गरेको दाबी गरेका छन् ।
यद्यपी आफूलाई कमजोर पार्ने प्रयासमा ओली बढी सक्रिय रहे पनि सफल हुन नसकेको उनले दाबी गरेका छन्।
त्यसैले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै दाहालले प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० सँग आफूलाई राजनीतिक रूपमा सिध्याउने सामर्थ्य नरहेको टिप्पणी गरे ।
'बालेनजीको सरकारले माधवलाई र मलाई केही गर्न पर्दैनथ्यो केपी ओलीले काफी थियो । हाम्रो कहाँ कति छ, यिनलाई फसाउने कसरी र सिध्याउने कसरी भन्नेमा केपीको हाइटमा बालेनजी छैनन्,' दाहालले भनेका छन् ।
यदि आफूले कुनै गल्ती गरेको भए ओली नेतृत्वको सरकारले पहिल्यै कारबाही गरिसक्ने उनले बताए ।
यसैगरी दाहालले राजनीतिक प्रतिशोधका आधारमा पार्टीका सहसंयोजकमाथि अघिल्लो सरकारले मुद्दा दायर गरेको र आफ्ना विषयमा पनि दुबईमा १४० अर्ब रुपैयाँ रहेको भन्ने निराधार प्रचार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
संयोजक दाहालले भने- 'हामी महाधिवेशनसम्म राम्रोसँग पार्टी बनाऊँ । महाधिवेशन पछि मलाई त यहाँ दिनदिनै जेल हाल्ने कुरा आउँछ, माधवजीलाई पहिलेको सरकारले मुद्दा लड्काएको छ । कहिले दुबईमा प्रचण्डको १४० अर्ब छ भन्या छ, केही भएको भए यो अहिलेको सरकारले गर्न पर्दैनथ्यो ।'