Jul 05 2026 | २०८३, आषाढ २१ गते

05 Jul 2026 | आइतवार, आषाढ २१ गते २०८३

आइतवार, आषाढ २१ गते २०८३
images
images

मलाई सिध्याउने सामर्थ्य बालेनसँग छैन, ओलीले सबै तागत लगाए पनि सकेनन् : प्रचण्ड

मलाई सिध्याउने सामर्थ्य बालेनसँग छैन, ओलीले सबै तागत लगाए पनि सकेनन् : प्रचण्ड

आइतवार , आषाढ २१, २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई राजनीतिक रूपमा सिध्याउने सामर्थ्य वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहसँग नरहेको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्नो राजनीतिक शक्ति कमजोर बनाउन विगतमा राज्यका सबै संयन्त्र र सामर्थ्य प्रयोग गरे पनि सफल हुन नसकेको दाबी गरे।

‘ओलीले हामीहरूलाई कमजोर पार्न सबै सामर्थ्य लगाएका थिए,’ भन्दै उनले आफूहरूबाट कुनै गल्ती भएको भए त्यसबेलै जेल हाल्ने षड्यन्त्रसमेत रचिएको आरोप लगाए।

प्रचण्डले आफू र आफ्नो पार्टीमाथि योजनाबद्ध रूपमा राजनीतिक प्रहार भइरहेको टिप्पणी गर्दै अघिल्लो सरकारले पार्टीका सहसंयोजकलाई झूटा मुद्दा लगाएर फसाएको दाबी पनि गरे।

उनले आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले दुबईमा १४० अर्ब रुपैयाँ लुकाएको भन्ने हल्ला सुनियोजित रूपमा फैलाइएको जिकिर गर्दै त्यसलाई निराधार र भ्रमपूर्ण प्रचारको संज्ञा दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077