काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की अमेरिका प्रस्थान गरेका छन् ।
संयुक्त राष्ट्र संघको आयोजनामा अमेरिकाको न्यूयोर्कमा हुने चिफ अफ पुलिस समिटमा सहभागी हुन उनी आइतबार साँझ अमेरिका प्रस्थान गरेका हुन् ।
उनी कतार एयरवेजबाट अमेरिका गएको बताइएको छ । उनी सँगै सशस्त्र प्रहरीका महानिरीक्षक नारायणदत्त पौडेल पनि अमेरिका गएका छन् । उनीहरू दोहा हुँदै अमेरिका पुग्ने छन् ।
समिट यही जुलाई ७ र ८ हुनेछ। सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले निमित्त प्रमुखको जिम्मेवारी वंशीराज दाहाललाई दिएका छन्।
आफू अमेरिका प्रस्थान गर्ने भएपछि आईजीपी कार्कीले हालै राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगन्जमा सरुवा भएका एआईजी राजन अधिकारीले निमित्त प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन्।