काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर ३९ लाख ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेका सरोज पन्त र रामेछापका अनिल खत्री रहेका छन् ।
अभियुक्त पन्तले एक जना युवकलाई आयरल्यान्ड पठाइदिने भन्दै १६ लाख र खत्रीले दुबई पठाउने बहानामा छ जनाबाट २३ लाख असुलेका थिए ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार दुवै जनालाई पिडितहरुको उजुरीका आधारमा
शनिबार पक्राउ गरिएको हो ।
दुवै अभियुक्तलाई हाल कारबाहीका लागि वैदेशिक रोजगार विभाग चलान पठाइएको छ ।