Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

डिसहोमको नाममा २९ लाखभन्दा बढी ठगी, ३ जना पक्राउ

डिसहोमको नाममा २९ लाखभन्दा बढी ठगी, ३ जना पक्राउ

मंगलवार , चैत्र २४, २०८२

काठमाडौं ।  ‘डिसहोम’ कम्पनीको कर्मचारी हुँ भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा धादिङ घर भएकी २२ वर्षीया आरती सिम्खडा, दोलखा घरका २२ वर्षीय विष्णु कार्की र रामेछाप घर भएका ४७ वर्षीय असल सिंह तामाङ रहेका छन्।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको टोखाबाट नियन्त्रणमा लिएको हो। 

यो गिरोहले डिसहोमका नियमित ग्राहकहरूलाई फोन गरेर ‘एक वर्षको रिचार्ज गर्दा चार महिनाको बोनस रिचार्ज’ उपलब्ध गराउने भन्दै झुक्याउने गरेका थिए।उनीहरूले ग्राहकको विश्वास जित्नका लागि नक्कली रसिद, नक्कली छाप र ग्राहकहरूको हिसाब किताब राखिएको डायरी समेत बरामद गरेको छ।

प्रारम्भिक अनुसन्धान अनुसार यस गिरोहले हालसम्म ३६४ जनाभन्दा बढी व्यक्तिलाई ठगी गरिसकेका छन्। उनीहरूले सर्वसाधारणबाट २९ लाख रुपैयाँभन्दा बढी रकम असुलेको देखिएको छ।

तीनै जनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको  छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077