Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एफबीआई सम्मेलनमा सहभागी भएर स्वदेश फर्किए आईजीपी कार्की

एफबीआई सम्मेलनमा सहभागी भएर स्वदेश फर्किए आईजीपी कार्की

बुधवार , श्रावण ६, २०८३

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की थाइल्यान्डको बैंककमा आयोजित ‘एफबीआई क्षेत्रीय सम्मेलन अन स्क्याम सेन्टर कम्पाउन्ड्स एन्ड ट्रान्सनेसनल अर्गनाइज्ड क्राइम’मा सहभागी भई स्वदेश फर्किएका छन्।

बुधबार नेपाल फर्किएका कार्कीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निमित्त प्रहरी महानिरीक्षक राजन अधिकारी, प्रहरी अतिरिक्त महानिरीक्षक तथा वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए।

प्रहरीकाअनुसार सम्मेलनमा स्क्याम सेन्टर (ठगी सञ्चालन केन्द्र), अन्तरदेशीय संगठित अपराध तथा यस्ता अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्य र सुरक्षा रणनीतिबारे छलफल भएको थियो।

यसअघि आईजीपी कार्की संयुक्त राष्ट्रसंघ अमेरिकाको प्रधान कार्यालय न्यूयोर्कमा असार २३–२४ गते सञ्चालन भएको पाँचौँ युनाइटेड नेशन्स चिफ अफ पुलिस समिटमा नेपालको तर्फबाट सहभागी भएर स्वदेश फर्किएका थिए ।

समिटमा सहभागी हुन नेपाल प्रहरी महानिरीक्षक कार्कीसँगै सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल पनि अमेरिका पुगेका थिए। अमेरिकाबाट स्वदेश फर्किए लगत्तै आईजीपी कार्की थाइल्यान्ड प्रस्थान गरेका थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077